समाचार

‘चीनिया राष्ट्रपतिको नेपाल भ्रमण रोक्न सरकार परिवर्तनको खेल’

असार २९ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले चीनिया राष्ट्रपतिबाट नेपालको भ्रमण तय हुनै लागेको बेलामा आत्तिएको भारतले नेपाली कांग्रेस र एमाओवादी केन्द्रलाई गोटी बनाएर नेपालको सरकार ढालेको आरोप लगाउनु भएको छ ।
बुधबार रफत संचार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कार उहाँले चीनिया राष्ट्रपतिले नेपालको भ्रमण गर्न लागेको भारतलाई असह्रय भएपछि सरकार परिवर्तनको चलखेल भएको जिकिर गर्नुभएको हो ।
बिजुक्छेंले भन्नुभयो ‘चीनका राष्ट्रपतिको नेपाल भ्रमण तय भए त्यसले नेपाल र नेपालीको हितमा ठूलो उपलब्धी हुनसक्ने भएर भारत आत्तिएर सरकार परिवर्तनका लागि देउवा र प्रचण्डलाई गोटी बनाएको हो ।’
अब बन्ने सरकारले चीनसँग गरिएका सम्झौताको कार्यान्वयन तर्फ अग्रसर नदेखाएर नेपाल र नेपालीले ठूलो नोक्सान व्यहोर्नु पर्ने बताउँदै उहाँले ओली सरकारसँग चीनले गरेको सहमतिलाई अब बन्ने सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 
वर्तमान केपी शर्मा ओली नेतृत्व सरकार ढालेर सत्ता परिवर्तन नेपालको हितमा नभएको बताउँदै उहाँले संविधान कार्यान्वयनलाई छाडेर भएको सत्ता परिवर्तनको खेल देशकै लागि घातक भएको बताउनु भएको हो ।
सभामुख ओनसरी घर्तीकै निवासमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुको बैठक बसेर सरकार परिवर्तनको डिजाइन गर्नुले सभामुखको निष्पक्षतामा गम्भीर प्रश्न उठेको बिजुक्छेको भनाई थियो । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको गोटी भएकै कारण राजनीतिक संकट आएको उहाँको आरोप थियो । 
बिजुक्छेले भन्नुभयो ‘प्रचण्डको चाहनाले मात्रै यो सरकार परिवर्तनको जिम्मा प्रचण्डले लिएका हैनन्, भारतकै चाहना अनुसार देउवा र प्रचण्डले सरकार परिवर्तनको खेलमा लागेका हुन् ।’ सरकार परिवर्तन मुलुकको आवश्यकता नभई भारतको निर्देशन र चाहना भएको उहाँको भनाई थियो । 
सरकार परिवर्तनसँगै भूकम्प पीडित, बाढीपहिरो पीडित, मधेसको समस्या समाधानको पाटो र संविधान कार्यान्वयनको पाटोमा समस्या देखिने आशंका व्यक्त गर्नुभयो । उहाँले मधेसवादी दलहरु चेस खेलमा सिपाही भएको चर्चा गर्दै उहाँले राजनीतिमा कुटनीतिक सफलता हासिल नगरी उनीहरु पनि भारत कै गोटी मात्रै भएको बताउनुभयो । 
नयाँ सरकार गठनको बिषय जटिल बनेको र यसतर्फ संवैधानिक जटिलताहरु समेत रहेकाले सरकार गठनका बिषय त्यति सहज भने नभएको उहाँले भनाइ थियो । नेपालको वर्तमान समयमा राष्ट्रपतिको भूमिका अहंम रहने र आफ्ना कानुनी सल्लाकारहरुको भूमिकालाई बढाउँदै काम गर्नु पर्नेमा जोड दिँदै उहाँले राष्ट्रपतिलाई कसैले बिबादमा तान्न नहुनेमा जोड दिनुभयो । 


यसमा तपाईको मत

On Air

Natonal News11:00 AM - 11:25 AM

Up Next

Namaste Bhojpur