समाचार

भोजपुरमा ६० प्रतिशत रोपाई

असार २९–भोजपुर । असार सकिन लाग्दा भोजपुरमा ६० प्रतिशत रोपाई सम्पन्न भएको छ । 
धान खेती हुने माथिल्लो क्षेत्रमा सत प्रतिशत रोपाई सम्पन्न भए पनि २ पटक धान बाली हुने बेशीमा भने साउने धान पाक्न समय लाग्ने भएकोले ४० प्रतिशत रोपाइ हुन बाँकी रहेको छ । 
यस बर्ष समयमै बर्षात भएकोले गत बर्षको तुलनामा धेरै धान बाली रोपाई गरिएको जिल्ला कृषि विकास कार्यालय भोजपुरका बागबानी विकास अधिकृत कृष्ण प्रसाद रेग्मीले बताउनुभयो । 
भोजपुरमा १९ हजार १ सय ९० हेक्टरमा धानखेति हु्ने गरेको छ । जस मध्ये १ सय ९० हेक्टर भुभागमा आकासे पानीको भरमा रोपाई गरिन्छ । भोजपुरका कृषकहरुले अट्टे र बेलकुटी बासमति मनसरा जातका स्थानीय धान तथा खुमल ४ जातको धान रोप्ने गरेका छन् ।


यसमा तपाईको मत

On Air

Natonal News11:00 AM - 11:25 AM

Up Next

Namaste Bhojpur