समाचार

जिल्लाका १२ जना कृषक पुरस्कृत

असार २९–भोजपुर । जिल्लाका १२ जना कृषकहरुलाई जिल्ला कृषि विकास कार्यालय भोजपुरले पुरस्कृत गरेको छ । विभिन्न बाली लगाएर उत्कृष्ट कृषकको परिचय बनाउन सफल कृषकहरुलाई आज जिल्ला कृषि विकास कार्यलयले पुरस्कृत गरेको हो । उत्कृष्ट कृषक छनौटका लागि विभिन्न मापदन्ड बनाएर कार्यलयले प्रथम, दोश्रो, तेस्रो र सान्तवना छनौट गरी एक कार्यक्रमका विच पुरस्कृत गरेको हो । खाद्यान्न बाली तर्फ च्याङ्ग्रे गाविसका रणबहादुर खत्री प्रथम, प्याउलीका राधा थापा दोश्रो च्याङ्ग्रेकै भूपध्वज कोइराला तेस्रो भोजपुर नगरपालिकाका रुद्र तामाङ सान्तवना हुनु भएको थियो । तेस्तै तरकारी बाली तर्फ देउराली गाविसका कृष्णबहादुर थापा प्रथम षडानन्द नगरपालिकाका डम्बरबहादुर राई दोश्रो आम्तेक गाविसका डम्बरबहादुर बुढाथोकी तेस्रो हुनु भएको थियो । तेस्तै सुन्तला तथा फलफुलबाली बगैँचा प्रतियोगीता तर्फ छिनामखु गाविसका नवराज राई र देउराली गाविसका गोरखबहादुर तामाङ प्रथम गुप्तेस्वारका अम्बरबहादुर थापा छिनामखु भिमप्रसाद राई दोश्रो छिनामखु कै देशराज राई तेस्रो हुनु भएको छ । यसै विच अन्तर कृषक समुह तर्फ सिम्रासे तरकारी तथा विउ विजन समुह प्रथम, ज्योति कृषक समुह बास्तिम दोश्रो पशुपति तरकारी कृषृक समुह तेश्रो भएको थियो । यसका साथै ३ जना अग्रज कृर्षकलाई दोसल्ला ओडाएर सम्मान गरीएको छ । उत्कृष्ठ ज्येष्ठ कृषकहरुमध्ये अन्नपुर्ण ८ का विष्णुप्रसाद अधिकारी, गोगने ५ का सम्भुप्रसाद नेपाल, र तिम्मा ९ का कृष्णरुपमा राईलाई सम्मान नगद पुरस्कार तथा दोसलाले सम्मा गरीएको थियो । पुरस्कार वितरण प्रमुख अतिथि नागरीक समाज भोजपुरका संयोजक प्रसुराम तिवारी र बरिष्ठ कृषि  विकास अधिकारी सरोजकान्त अधिकारीले संयुक्तरुपमा रुपमा गर्नु भएको कार्यक्रम संयोजक मनकुमार राईले बताउनु भयो ।



यसमा तपाईको मत

On Air

Natonal News11:00 AM - 11:25 AM

Up Next

Namaste Bhojpur