समाचार

अस्थिरता हटाउने मेरो एक निर्णय

कृपा सिग्देल
आज भोलि नेपालीमा लेख्न औधी मन पर्छ । सायद उज्यालोमा कार्यक्रम चलाएको नतिजा होला । जे भएपनि अंग्रेजीमा  फाट्ट फुट्ट साथीसँग बोल्ने गरेको बानि छाडेर पुरै नेपाली मा बोल्नु को छुटै मज्जा छ कार्यक्रममा । तर अनौठो पनि लाग्छ है प्रस्तोता हुन ।
आफ्नै रेडियो सहकर्मीबाट खिल्ली नउडेको पक्कै होइन ।  एउटा रमाइलो उदाहरण हो मेरो ‘निर्णय’ को उचारण । धेरै पटक निर्णय लाइ ‘निंनए’ भनेर कार्यक्रम सकिएपछि हाँसोको पात्र भएको याद गरेर आफै हाँस्छु कहिले काहिँ  ।
फेरि आजको यो लेख मेरो नेपालीमा खिल्ली उडेको चाहिं  पक्कै होइन, आजको लेख अलिकति जटिल छ । आज ‘अस्थिरता’ को बारे लेख्न मन लागिराछ । यसो लेख्न बसेकी थिएँ, फेरि आफै ‘अस्थिर’ भए के लेख्ने भनेर ।
के लेख्न त बरु लेखुला, जे भएनी लेख्न रुचाउने मान्छे परेँ । अर्को ‘अस्थिरता’ भयो नेपाली कि अंग्रेजी मा लेख्ने ‘मेरो निर्णय’ गर्न । अचम्म, कति हो ‘जिन्दगीको अस्थिरता’ स लेख के मा लेख्ने देखि, के बन्ने सम्म, कुन भाषामा लेख्ने देखी, १० वर्षमा आफूलाई कहाँ देख्छु ।
म आफूलाई सुल्झेको मान्छे ठान्छु, कहिले काहिँ अत्तालिने  बाहेक । सोच्छु ओहो ममा त ‘क्लियर कट भिजन पनि छ ।’ एकदमै मन लागेर सुरु गरेको मनोविज्ञान पढाउने जागिर छ, राम्रै पढाई छ आफ्नै, मन परेको विषय  मनोविज्ञान मा काम पनि गरिराखेकी छु, सपना देखेको संस्था खोलेको १ वर्ष हुन लाग्यो, सस्थाले पनि राम्रै काम गरिराछ, अस्थिरता चाही किन हो कुन्नि ।
सायद हो, आज को साथिसँग को कुराले ।
कुरा गर्दै थियौ, ठ्याकै ‘पर्सनल मिसन स्टेटमेन्ट‘ के हो भन्ने कुरा आयो, मैले भन्न सकिन स र अहिले यो लेखिरहदा पनि भन्न सकिराको छैन । म क्लियर कट भिजन छ भनेर सोच्नेलाई जिन्दगीको मिसन स्टेटमेन्ट नै पो थाहा रैनछ , भयो त अब रु यो त, लेख्न मन छ, के लेख्ने थाहा छैन जस्तो कुरा भएन र रु
अनि फेरि मनोविज्ञान मा आफै कतै पढेकी थिए ‘ हाउ वी क्यान कोप विथ अनसर्टेनिटी डिटरमाइन्डस हाउ आवर लाइफ इज गोइङ टु बी रु’ तेसैले अस्थिर भैरहन मन लागेन, बरु यसलाई मनन गरेर अगाडी बढ्ने फेरि पनि ‘मेरो निनए’ गरे । यहाँ फेरि सोचे, म जस्तै कहिँ कतै कोही अस्थिर त हुनु भाछैन, त्यो बेलामा के गर्ने होला रु र निर्णय गरे एउटा लेख लेख्न, यो पालि आफ्नो सोच मा ‘स्थिरता’ ल्याएर ।
पहिलो स् यदि कहिले अस्थिर भयौं भने, सबै भन्दा पहिला गर्नु पर्ने तेस्लाई ‘मनन’ । जबसम्म हामीलाई ‘केही थाहा छैन है‘ भनेर थाहा हुँदैन , परिवर्तन पक्कै आउँदैन । कति रमाइलो होला थाहा नभाको सिक्ने उत्साहा राख्नु, नभए त सब थाहा छ, जिन्दगीमा अस्थिर केही छैन भन्ने मा त के नै चाख होला र रु
दोस्रोस् फेरि आशा मात्र राखेर त के नै होला र रु त्यसमा  काम गर्नुको पनि छुटै मज्जा छ, होइनरु आशा र सपनाले पनि धेरै कुरामा अस्थिरता ल्याउँछ  । सोच्नुस त, तपाई आशा मात्र राख्नुहुन्छ जिन्दगीबाट, तर के गर्ने थाहा छैन भने आशा को पोल्टो भरिँदा पनि केही काम हुंदैन  र नैराश्यता बढ्छ, अनि त अस्थिरता त चुलिने नै भयो। त्यसैले काम थाल्यो भने, अस्थिरता को पोल्टो खुकुलो हुन्छ र सजिलो हुन्छ, मलाई जस्तै ‘पर्सनल स्टेटमेन्ट बनाउनका लागि ।’
अर्कोस् जिन्दगि लाइ जटिल त बनाइँराखेका त छैनौं हामीलेरु आफ्नो मातहतमा नभएको, आफूले नियन्त्रण गर्न नसकिने कुरा सोचेर अस्थिर त भएको छैनौ रु सोचौ है रु धेरै पल्ट रोक्न नसकिने समय र छुटाउन नसकिने परिबन्ध ले हामीलाई निराशाको खाडलमा लागिराखेको हुन्छ । सोच्नुस त, तपाईको हातमा नभएको कुराले कहिँ कतै जिन्दगीमा अस्थिरता त ल्याईराखेको छैन रु
फेरि अर्को जानीराख्ने पर्ने कुरोस् अस्थिरता ले पक्कै पनि निराशा र तनाव बढाउँछ, मनोविज्ञानको विधार्थी हो, यो चाही स्थिर  भएर भन्न सक्छु । सोच्नुस त अन्तिम पटक तपाई तनाव मा किन हुनुहुन्थ्यो रु रक्तचाप, शरीर गरुङ्गो कहिलेभएको थियो रु के गरौँ कसो गरौँ कहिले भएको थियो रु
सायद अस्थिर भएर कुनै निर्णय लिन नसकेर त होइन रु तेसैले एस्तो येही समस्या परेमा, तनाव घटाउने केही उपाए अपनाउनु होला । साथीसँग मनको कुरा साट्ने, एक्लै बसेर मनन गर्ने, खेल्ने, दिमाग ताजा गराउने देखि म जस्तै तनावको बेलामा लेख्न मनपराउने भयो भने पनि धेरै फाइदा हुन सक्छ है ।
र अन्तिम स् जुन कुरा भएकै छैन त्यो विषयमा  नसोची वर्तमानमा  रम्न सकेपनि अस्थिरता पक्कै कम हुनेछ । १० वर्ष पछि के होला रु जिन्दगीमा के होला रु काममा के होलारु भोलि के होलारु हामीले अहिले भन्न सक्छौं  र रु त्यसैले  वर्तमानमा रहने गरे पनि अस्थिरता नामक डर बाट बच्न सकिन्छ । साइकोलोजी मा ‘माइन्डफुलनेस स् बिइङ एट प्रिजेन्ट’ भनेर एकदमै चर्चित एउटा उपाय छ, जुन अस्थिरता को अवस्थामा काम लाग्छ  ।
त्यसैले साथी यदि जिन्दगी । ‘स्थिर’ छ भनेर कहिले सोच्नु भएको  भने, त्यो भ्रम हो भनेर बुझ्दा  सायद गल्ति नहोला । बर्खाको बेलामा पनि भोलि पानी पर्ला कि नपर्ला भन्न नसक्ने हामी, पछी के होला भनेर जिन्दगीको अस्थिरता संग डराउनु कत्ति को उचित होला, विचार गर्नुहोस त रु
यी थिए म अस्थिर भएको बेलामा मैले अपनाउने उपाय जस्तै आज । अहिलेसम्म नेपालीमा कि अंग्रेजीमा, कुन विषयमा भनेर अस्थिर भएको भए, लेखेर पाना पनि भरिन्थिएन होला । यो लेखी रहँदा  सम्म मेरो ‘पर्सनल मिसन स्टेटमेन्ट’ अझै पनि अस्थिर नै छ, तर अन्तिमसम्म आउँदा ‘एउटा निनए’ के गरे भने ‘किन छैन भनेर अनौठो मान्नु भन्दा अब चाहिं के हुन सक्छ भनेर सोच्ने छु’ ।
अन्त्यमा, ‘अस्थिरता’ शब्दको छुट्टै  महत्तो छ मेरो जिन्दगीमा, त्यसैले ‘अनिश्चितता’ भन्न रुचाइंन   ।कृपा सिग्देल

अन्त्यमा, ‘अस्थिरता’ शब्दको छुट्टै  महत्तो छ मेरो जिन्दगीमा, त्यसैले ‘अनिश्चितता’ भन्न रुचाइंन   ।

यसमा तपाईको मत

On Air

Wish Of Today09:10 AM - 10:00 AM

Up Next

Natonal News