समाचार

असफल भएको राष्ट्रपतिको दाबी, बिद्रोही सेना गरे आत्मसमर्पण

असफल भएको राष्ट्रपतिको दाबी, बिद्रोही सेना गरे आत्मसमर्पण
साउन १ –एजेन्सी। टर्कीका राष्ट्रपति रिसेप टाइप एर्डोगानले सैनिकले गरेको ‘कु’ असफल भएको दाबी गर्नु भएको छ । इस्थानबुलमा समर्थकलाई सम्बोधन गर्दै राष्ट्रपति एर्डोगानले सेनाको एक समूले गरेको सत्ता नियन्त्रणको प्रयास असफल भएको दाबी गर्नु भएको हो । पिस काउन्सिलको नाममा सेनाको समूहले गरेको कु को प्रयास राजद्रोह भएको राष्ट्रपति एर्डोगानको भनाई छ । उहाँले सेनामा शुद्धिकरणको खाँचो रहेको बताउनुभयो । प्रधानमन्त्री बिनाली यिल्डिमिरले स्थिति लगभग नियन्त्रणमा आएको बताउनुभएको छ । उहाँले ‘कु’ मा संलग्न सेनाको समूहले प्रयोग गरेको विमान आक्रमण गरी खसाल्न निदेर्शन दिनुभएको छ । टर्कीको सेनाका प्रमुख जनरल हुलुसी अकारको अवस्था बारे अहिलेसम्म थाहा हुन सकेको छैन । उहाँलाई ‘कु’ गर्ने सेनाको समूहले बन्धक बनाएको अनुमान छ । प्रधानमन्त्री यिल्डिमिरले उमित डुनडरलाई सेनाको कार्यकारी प्रमुखमा नियुक्त गर्नुभएको छ । यसैबिच इस्थानबुलको बासपोरस पुल नियन्त्रणमा लिएका ‘कु’ मा संलग्न सेनाको एक समूहले आत्मसमर्पण गरेको छ । उनीहरुले प्रहरी सामु आत्म समर्पण गरेको सरकारी समाचार संस्थाले जनाएको छ । सैनिक ‘कु’ को संयुक्त राष्ट्रसंघसहित विश्वका विभिन्न देशले विरोध गरेका छन् । राष्ट्रसंघका महासचिव बान कि मुनले सैनिक हस्तक्षेप अस्वीकार्य हुने बताउनुभयो । अमेरिकाले प्रजातान्त्रिक रुपमा निर्वाचित एर्डोगानको सरकारलाई आफ्नो समर्थन रहेको जनाएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले एर्डोगानलाई टेलिफोन गरेर आफूहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको रोयटर्सले उल्लेख गरेको छ । जर्मनीले पनि कुको विरोध गरेको छ ।
अहिलेपनि मुख्य शहरमा गोली हानाहान भइरहेको छ । सेनाको हेडक्वाटर राष्ट्रपति एर्डोगानप्रति बफादार सशस्त्र प्रहरीको नियन्त्रणमा आएको समाचार संस्था रोयटर्सले जनाएको छ । ‘कु’ मा संलग्न सात सय ५४ सैनिकलाई पक्राउ गरिएको टर्कीको सरकारी समाचार संस्थाले जनाएको छ । संसद तथा राष्ट्रपति भवनमा रातभरी गोली हानाहान भएको र त्यो अहिले रोकए नरोकिएको बारेमा भने केही स्पष्ट भएको छैन । 


यसमा तपाईको मत

On Air

Wish Of Today09:10 AM - 10:00 AM

Up Next

Natonal News