समाचार

काठसहित काठ तस्कर पक्राउ

पुस २२ – दूधकुण्ड नगरपालिका– ५ सोलुखुम्बुका फुर्वा शेर्पालाई जिल्ला वन कार्यालयका अनुगमन टोलीले दुई सय २२ थान काठसहित पक्राउ गरेको हो । 

वन कार्यालयका कर्मचारी नियमित गस्तीमा रहेका बेला शुक्रबार बिहान  ५ बजे सोलु खोला नजिक तीनजना कामदारले बिना टाँचाका काठ बोकेर लैजाँदै गरेको फेला पारेका थिए । 

प्राप्त सूचनाको आधारमा छानबिन गर्दा फुर्वा शेर्पाको घरमा थप दुई सय ६ थान काठ बरामद भएको जिल्ला वन अधिकृत मेघराज राईले जानकारी दिनुभयो । 

कार्यालयले बरामद काठ र पक्राउ परेका शेर्पासहितका चार जनालाई सामुदायिक प्रहरीलाई जिम्मा लगाएको छ । तीनजना कामदारले भने आफूहरु ज्यालामा काम गरेको बताएका छन् । फुर्वा भने लामो समयदेखि अवैधरुपले काठ व्यापार गर्दै आएको खुलेको जिल्ला वन कार्यालयले जनाएको छ ।



यसमा तपाईको मत

On Air

Up Next

Natonal News