समाचार

सडक बिस्तार र स्तर उन्नती तथा बाल मेत्री कार्यक्रम लाई प्राथामिकता दिदै चम्पे गाविसको २५ औ तथा गणतन्त्र पछिको नवौ गाउँ परिषद सम्पन्न

सडक बिस्तार र स्तर उन्नती तथा बाल मेत्री कार्यक्रम लाई प्राथामिकता दिदै आज चम्पे गाविसको २५ औ तथा गणतन्त्र पछिको नवौ गाउँ परिषद सम्पन्न भएको छ । गाविसका अध्यक्ष सचिव बिदुर प्रसाद भटराईको अध्यक्षतामा भएको कार्यक्रमले चालु आर्थिक वर्ष २०७३÷७४ को ३६ लाख ३० हजार वरावरको आय व्याय प्रस्तुत गरेको थियो । सोही अवसरमा  आ.ब. ७४÷७५ को लागी पुजिगत तर्फ रु ३० लाख ३२ हजार र सञ्चालन तर्फ ५ लाख ३२ हजार र आन्तारीक तर्फ अनुमानित रु ७० हजार गरी जम्मा ३६ लाख ३४ हजार वरावरको रकमको प्रस्तावित योजना हरु वाँडफाडको प्रतिवेदन प्रस्तुत गरीएको थियो । कार्यक्रम चम्पे गाविसको सामुदायिक भवनमा भएको थियो ।



यसमा तपाईको मत

On Air

Up Next

Natonal News