समाचार

भोजपुरमा ६ कुष्ठरोगी

  
    भोजपुर ,माघ १७
भोजपुरमा कुष्ठरोगिको संख्या ६ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ । ६४ औ विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा उतm तथ्याङक सार्व जनिक गरेको हो , २०७० साल बाट हाल सम्म जिल्लामा ११ जना कुष्ठरोगि रहेको र ५  जनाभने औषधि प्रयोग पश्चात पुर्णरुपले बन्चित भैसकेको र बाकि ६ जनाले स्थानिय स्वयमसेविकाको प्रत्यक्ष निगरानिमा औषधि  सेवन गरिरहेको कार्यलयले जनाएको छ । 
   आखाले देख्न नसकिने शुक्ष्म जिवाणु माईकोव्याक्टेरियम लेप्रे को कारण लाग्ने यो रोग माजिसको छाला स्नायुमा प्रभाव पार्ने रोग तराईका जिल्ला हरुमा बढि लाग्ने र भोजपुरमा पनि एन.एल.आर.विराटनगर , कोशि अन्चल अस्पताल , विपि मेमोरियल धरान बाट प्रमाणित भएर आएको रोगि मात्र रहेको र खास गरि भोजपुरको होम्ताङ, मुलपानि,चम्पे, हेलौछा,भोजपुर नगरपालिका,पेपाले डाडाँ,वोया,तुङगेछा गाविसमा यो रोग देखा परेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो ।
  जिल्लाबाट कुष्ठरोगलाई उन्मुलन गर्नका निम्ति सामाजिक हेराईका कारण लुकाएर राख्ने गरेकोले पुरै उन्मुलन हुन नसकेको भएपनि यो रोग ढिलो वुद्धि हुने यस रोग जिल्ला बाटै निर्मुल गर्न कार्यलयले रोगिको परिवार छिमेकि लगायतको स्वस्थ्य परिक्षण गर्ने र पिछाडिएका वर्गहरुको माझ जनचेतना मुलक कार्यक्रम सन्चालन गर्ने कार्यक्रम रहेको समेत कार्यलर्यल जनाएको छ ।
 शरिरको प्रतिरोधात्मक शतिm कमजोर भएको व्यातिmमा यो रोगको जिवाणु शरिरमा प्रवेश गरेको २ देखि ५ वर्ष भित्रमा यस रोगको लक्षण रहेको डाक्टर रमेश तामाङले जानकारि दिनु भयो । कार्यक्रममा बोल्दै तामाङले यो रोग २ प्रकारको हुने र  विश्वभर गरिएको अध्ययन अनुसार ९९ प्रतिशत मानिसमा कुष्ठरोग सग लड्न सक्ने प्रतिरोधात्मक शतिm हुने अथवा १०० जना मानिसमा यस रोगको जिवाणु प्रवेस गरेमा १ जनालाइृ मात्र यो रोग लाग्न सक्ने र यसको लक्षण शरिरमा नचिलाउने रातो तथा फस्रो दागहरु देखापर्ने ,हातखुट्टा झमझमाउने,शरिरका माशंपेशिहरु कमजोहुदै जाने लगायतका लक्षणहरु देखा पर्ने बताउनुभयो ।
  कम जिवाणु भएको कुष्ठरोग र बढि जिवाणु भएको कुष्ठरोग गरि दूई किसिमको हुने र कम जिवाणु बाट संक्रमण भएमा ६ महिना र बढि जिवाणु भएको बाट संक्रमित भएमा १२ महिना सम्म नियमित औषधि खाएमा पुरै निर्मुलहुने र नेपाल सरकारले प्रोत्साहन स्वरुप नगद रु १,००० रमेत उपलव्ध गराउने जिल्ला जनस्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ । 
 

 



यसमा तपाईको मत

On Air

Up Next

Natonal News