समाचार

कायम मुकायम आइजिपी बमबहादुर भण्डारीलाई बनाइने

फागुन २ – उपेन्द्रकान्त अर्यालको अनिवार्य अवकाशसँगै प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षक पद सम्हाल्नु हुने भएको छ । अर्यालसँगै १० जना एआइजीले एकैपटक अवकाश पाउँदै छन् । प्राविधिकतर्फ प्रहरी अस्पतालका एआइजी दिनेशचन्द्र पोखरेल भएपनि प्राविधिकलाई कायम मुकायम दिने परम्परा छैन । यसैले प्रहरी नियमावली २०४७ को दफा ४६ को व्यवस्थाअनुसार प्रहरी नायव महानिरीक्षक बमहादुर भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षक पद सम्हाल्नु हुने भएको गृह स्रोतले जनाएको छ । 

दफा ४६ मा कुनै कारणले कार्यालय प्रमुखको पदावधी एक महिना वा त्योभन्दा बढी रिक्त हुने भएमा र पदमा कायमकुमायम मुकरर नगरेको अवस्थामा त्यही कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी अधिकारी स्वतः कायम मुकायम भई काम गर्ने भन्ने उल्लेख छ । प्रहरी नायव महानिरीक्षकमा भण्डारीभन्दा वरिष्ठ नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द रहेपनि उनीहरु फरक ब्यूरोमा रहेका कारण बमबहादुर भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षक सम्हाल्नु हुने भएको हो । सिलवाल सिआइबीमा, अर्याल ट्राफिक व्यवस्थापनमा, चन्द लागूऔषध अनुसन्धान ब्यूरोमा छन् । दफा ४६ अनुसार एउटै कार्यालयको हुनुपर्ने नियमले चौथो नम्बरका भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षक सम्हाल्नु हुने भएको हो ।

पद रिक्त हुने अवस्थामा गृह मन्त्रालयले प्रहरी प्रमुख तोक्नुपर्ने भएपनि नियमावलीकै आधारमा गृहले काम गर्ने हुँदा भण्डारी कायम मुकायम प्रहरी महानिरीक्षक हुने भएका हुन् । सोमबार यससम्बन्धमा गृहले पत्र पठाउने तयारी गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रिय सहप्रवक्ता ठाकुर ज्ञवालीले नियमावलीमा यस्तो व्यवस्था भएपनि गृहबाट कुनै जानकारी नआइ आफूले यसै भन्न नसक्ने बताउनुभयो । 



यसमा तपाईको मत

On Air

Up Next

Natonal News