समाचार

कर्मचारी मिलन केन्द्र भोजपुरको ३० औ साधरण सभा सम्पन्न

 भोजपुर,९
   कर्मचारी मिलन केन्द्र भोजपुरको ३० औ साधरण सभा सम्पन्न भएको छ । शैक्षिक तालिम केन्द्रमा एक बनभोज कार्यक्रम समेत आयोजना गरी मिलन केन्द्रले  साधरण सभा सम्पन्न गरेको हो । साधरण सभाले १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । 
  नवगठित  केन्द्रको अध्यक्षमा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख इश्वरी प्रसाद देवकोटा, उपाध्यक्षमा महिला बिकास अधिकृत पुष्पलता उप्रेती,सचिव भुसंरक्षण अधिकृत सञ्जयकुमार मिश्र, सहसचिव कृषि बिकास बैङ्कका शाखा प्रवन्धक अविनास रानामगर र कोषाध्यक्षमा नापि कार्यालयका प्रमुख स्टालिन भन्डारी चयन हुनुभएको छ । 
    साधरण सभाले केन्द्रको आर्थिक तथा सांगठानिक प्रतिवेदन समेत पारीत गरेको भुसंरक्षण अधिकृत तथा नव निर्वाचित केन्द्रका सचिव सञ्जयकुमार मिश्रले जानकारिदिनु भयो । प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शार्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ८० जना निजामति कर्मचारीहरुको उपस्थीति रहेको थियो । कुनैराजनैतिक आश्था नराख्ने कर्मचारिहरुको संगठन मिलन केन्द्रले कर्मचारिहरुको हकहितका मा रहेर जिल्लामा काम गर्दै आई रहेको छ ।
 


यसमा तपाईको मत

On Air

Natonal News11:00 AM - 11:25 AM

Up Next

Namaste Bhojpur