समाचार

आगामी चैतमा पोखरा रंगशालामा नेपथ्य घन्किदै

भोजप'र, फागुन २९

नेपथ्यले चैत २६ गते पोखरा रंगशालामा लाइभ कन्सर्ट गर्ने भएको छ । फेरि उठ्ने छ नेपाल नामक इभेन्टको दोश्रो संस्करण अन्र्तगत पोखरामा कन्सर्ट गर्ने तयारी गरेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

व्यान्डवागन वाई पोजेटिव भाइव कम्पनीको व्यबस्थापनमा लाइभ कन्सर्ट हुन लागेको संयोजक विकेस कायस्थले जानकारी दिनुभयो । सन् २०१६ मा काठमाण्डौंमा १० हजार भन्दा बढी दर्शकहरु सहभागिता गराउदै फेरि उठ्ने छ नेपाल नामक इभेन्टको पहिलो संस्करण सफलता पुर्वक सम्पन्न भएको उहाँले बताउनुभयो ।

पोखरा भिमकालिपाटन सिमपानी निवासी किरण गुरुङ र सोनाम गुरुङको आयोजनामा कास्की ल्वाङघलेलको गौरी शंकर मनिलाल उच्च मावि र कास्कीकै सल्यान बासखर्कमा रहेको भुमेश्वर प्राविको सहयोगार्थ कार्यक्रम हुन लागेको गुरुङले बताउनुभयो ।

नेपथ्यको लाइभ प्रस्तुति पोखरेलीहरुको ईच्छा र चाहाना अनुसार आयोजना हुने भएको गुरुङ्गले बताउनुभयो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत दुई विद्यालयलाई करिब २० लाख रुपैयाँ सहयोग जुटाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । कन्सर्टमा सामान्य टिकटको दर १ हजार र विशिष्ट ३ हजार रुपैयाँ रहेको छ । नेपथ्यले देशका मुख्य शहरहरु हुदै विभिन्न देशमा समेत प्रस्तुति राखेको छ ।



यसमा तपाईको मत

On Air

Wish Of Today09:10 AM - 10:00 AM

Up Next

Natonal News