समाचार

​दोलखामा ट्रिपर दुर्घटना हँदा एक जनाको मृत्यु, दुई घाइते

चैत १८ – दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोट कालीदहमा बिहीबार बेलुका ट्रिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बैतेश्वर गाउँपालिका–१ गैरीमुदीका संजिव तमाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले  जानकारी दिनुभयो । 

लु अ प ५४६ नम्बरको ट्रिपर दुर्घटनामा गैरीमुदीका प्रभुशरण मोक्तान र गैरीमुदीकै ट्रिपर चालक अविनाश तमाङ घाइते हुनुभएको छ । 

चालक तमाङको चरिकोटमा उपचार हुन नसकेपछि बिहीबार राति नै उपचारको लागि काठमाडौं लगिएको छ । अर्का घाइते प्रभुशरण मोक्तानको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालमा उपचार भइरहेको । 



यसमा तपाईको मत

On Air

Up Next

Natonal News