समाचार

विरोधको “परिवार नियोजन स्मार्ट बन्छ जिबन”

   विरोधको  “परिवार नियोजन स्मार्ट बन्छ जिबन”
चैत्र २७ भोजपुर
    विरोध वस्नेत द्धारा निर्देशित “परिवार नियोजन स्मार्ट बन्छ जिबन” सडक नाटक प्रस्तुती आज सदरमुकामबाट शुरु गरिएको छ । नाटकको माध्यम बाट जनचेतना जगाउने उद्धेश्यले नाटक मञ्चन गरिएको वस्नेतले जानकारि दिए । सडक नाटक बाटै स्थानिय सर्वसाधारणमा स्मार्ट जिवनको बारेमा जानकारि गराउनु, परिवार नियनेजनका साधन, महिला आत्म निर्भरता र छोरा र छोरी समान हुन् भन्ने भावनाको विकास गराउने र जन चेतना फैल्याउने मुल उदेश्य रहेको वस्नेतले बताएका छन् ।
   सडक नाटकमा परिवार नियोजन सम्बन्धिका विषयवस्तु हरुलाई जिवन्त ढङगबाट उत्थान गरिएको छ । । भोजपुरका स्थानिय कलाकार हरुको अभिनय रहेको सडक नाटक परिवार नियोजन स्र्माट बन्छ जिवन आज बाट शुरु भएको र विभिन्न मिति समय र स्थानमा जिल्ला भर मञ्चन गरिने जनाइएको छ । 
    सदरमुकामको शनिबारे हटिया र सदरमुकामको मुख्य बजार ४ भन्ज्याङमा हजारौ दर्शक सामु आजै नाटक प्रस्तुत गरिएको छ । नेपाल परिवार नियोजन भोजपुर द्धारा प्रायोजित नाटकमा कलाकारहरु विरोध वस्नेत, देवराज प्रधान, विवेक राई, नरमाया श्रेष्ठ, हरि खड्का, सविना कार्कि,सुरज खड्का र दिपक शाक्यले अभिनय गरिरहनु भएको छ । नाटकको संयोजन नेपाल परिवार नियोजन संघ व्यवहार परिवर्तन सञ्चार अधिकृत मिन राज जोशिले गरिरहनु भएको छ । 
 


यसमा तपाईको मत

On Air

Up Next

Natonal News