समाचार

भोजपुरमा १० हजार २२ जना मतदाता थपिए

 
भोजपुर,
         फोटोसहितको मतदाता नामावलीमा भोजपुरमा १० हजार २२ जना मतदाता थपिएका छन् । फोटोसहितको मतदाता नामावली संकलनको क्रममा थपिएका मतदाता मध्ये ४ हजार ६ सय २६ महिला,  ५ हजार ३ सय ९५ जना पुरुष र १ जना तेस्रोलिङ्गी रहेको जिल्ला निर्बाचन कार्यालय भोजपुरका प्रमुख केवलप्रसाद रेग्मीले बताउनु भयो । 
  जिल्लाको ९ स्थानीय तहका कार्यालयबाट नामावली संकलन कार्यक्रम भएको थियो । जस मध्ये भोजपुर नगरपालिकामा सबै भन्दा बढी मतदाताको नाम दर्ता भएका छन् ।  नगरपालिकामा १ तेस्रोलिङ्गी सहित २ हजार ८ सय २६ जनाले नाम दर्ता गरेका छन् भने सबै भन्दा कम रामप्रसादराई गाउँपलिकामा ४ सय ६२ जनाले मात्र नाम दर्ता गरेका छन् । 
   स्थानीय तहका कार्यालयका साथै निर्बाचन कार्यालयमा नामावली संकलन, अध्यावधिक गर्ने त्रुटी सच्याउने साथै नाम सार्ने काम गरिएको थियो । श्रावण १ गते देखि भाद्र ३ गतेसम्म नामावली संकलन तथा अद्यावधिक कार्यक्रम संचालन गरेको थियो ।  निर्बाचन कार्यालयले १५ हजारका हाराहारीमा अपेक्षा गरे पनि धेरै युवाहरु बैदेशिक रोजगारीका लागि देश बाहिर भएकाले छुटेको जिल्ला निर्बाचन कार्यालयले जानकारी दिएको छ । भोजपुर जिल्लामा स्थानीय तहको निर्बाचनमा १ लाख ५ हजार ५ सय ५४ जना मतदाता  रहेका थिए । थपिएका मतदाता सहित जिल्लाको कुल मतदाता संख्या  १ लाख १५ हजार ५ सय ७६ जना पुगेको कार्यालयले जनाएको छ । 
 


यसमा तपाईको मत

On Air

Up Next

Natonal News