समाचार

अमेरिकी जलसेनाको पानीजहाज सिंगापुरको समुद्री क्षेत्रमा दुर्घटना

 भदौ ५,
  अमेरिकी जलसेनाको पानीजहाज सिंगापुरको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको   छ । अमेरिकी जलसेनाको पानीजहाज अर्को व्यापारिक पानीजहाजसँग समुद्री क्षेत्रमा ठोक्किएको भन्दै खोज तथा उद्दार कार्य अघि बढिरहेको बताएको छ ।
स्थानीय समयअनुसार आज बिहान भएको सो दुर्घटनामा १० अमेरिकी नौसैनिक बेपत्ता भएको र पाँचजना घाइते भएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् ।
क्षेप्यास्त्र नष्ट गर्ने क्षमताको ’यूएसएस जोन मक्केन’ लाइबेरियाको झण्डा रहेको अर्को पानीजहाजसँग ठोक्किदा क्षतिग्रस्त भएको बताइएको छ । अमेरिकी जल सेनाले खोज तथा उद्दार कार्य जारी रहेको जनाएको छ ।


यसमा तपाईको मत

On Air

Up Next

Natonal News