समाचार

नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानलनै

       
 
 भदौ ६,
 
 नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनवाट गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रेस युनियन र प्रेस सेन्टर लगाएतका पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारी समर्थित तीर्थ कोइराला भन्दा  एक सय पाँच मत वढि ल्याएर विजयी हुनुभएको हो ।
 
  
  खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट विजयी हुनु भएको छ  ।
त्यस्तै खुला सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित हुनु भएको छ ।
 
  
 


यसमा तपाईको मत

On Air

Up Next

Natonal News