समाचार

“सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउनु हुदैन”—ट्रम्प

 
भाद्र ६,
  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताएका छन् । उनले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तान बाट फिर्ता बोलाउदा त्यहाँ सुरक्षाको कमी आउने र त्यसमा इस्लामिक स्टेटले खेल्न पाउने अवस्था आउने बताएका छन् ।
  अमेरिकी विदेश नीति सम्बन्धी एक महत्वपूर्ण सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले उक्त कुरा बताएका हुन् । अफगानिास्तानमा रहेका अमेरिकी सेनालाई अहिले नै फिर्ता गर्न खोज्नुले तालिवानहरुको मनोबल बढ्न पनि सक्नेतर्फ सचेत रहनेतर्फ पनि सोच्नुपर्नेमा उनले जोड दिएका छन् । हाल अफगानिस्तानमा ८ हजार ४०० अमेरिकी सेना रहेका छन् । त्यस्तै अन्य ५ हजार नेटोआवद्ध अन्य देशका सेना पठाइने पनि ट्रम्पले बताएका छन् ।
 


यसमा तपाईको मत

On Air

Up Next

Natonal News