समाचार

बार्सिलोनाको कोटिन्होलाई भित्र्याउने योजना तेस्रो पटक पनि असफल

 
 
भाद्र ६,
 
 बार्सिलोना लिभरपुलका खेलाडी फिलिप कोटिन्होलाई क्लबमा भित्र्याउने प्रयासमा पुनः असफल भएको छ । कोटिन्होका लागि ११८ मिलियन पाउण्ड तिर्न बार्सिलोना तयार भए पनि लिभरपुलले बेच्न नचाहेको हो ।
 
  यो सँगै बार्सिलोनाको कोटिन्होलाई भित्र्याउने योजना तेस्रो पटक पनि असफल भएको छ । लिभरपुलका निर्देशक माइकल एडवार्ड्सले बार्सिलोनाले तिर्न चाहेको रकम ११८ मिलियन पाउण्ड चित्तबुझ्दो नभएको जनाएका छन् ।  २५ वर्षका ब्राजिलियन खेलाडी कोटिन्हो जर्मनीमा भएको अडी कपमा घाइते भएपछि खेलेका छैनन् । उनी सेप्टेम्बर ९ मा हुने म्यानचेस्टर सिटीसँगको खेलमा उत्रने विश्वास गरिएको छ ।
 


यसमा तपाईको मत

On Air

Wish Of Today09:10 AM - 10:00 AM

Up Next

Natonal News