समाचार

सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने

       
 
 भाद्र ६,
 
  सरकारले आसन्न चाडपर्वलाई लक्षित गरेर उपभोग्य वस्तुमा उपभोक्तालाई सहुलियत दिने गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम आय भएका सर्वसाधारणलाई लक्षित गरेर सरकारले दशैंदेखि छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । सरकारी स्वामित्वका खाद्य संस्थान र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन् ।
 
   उपत्यकासहित विभिन्न ३ दर्जन स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने आपूर्ति मन्त्रालयले बताएको छ । सुपथ मूल्य पसलमा चामल, फापर, चिनी, घ्यूदेखि खसीबोकासम्ममा सहुलियत दिईने आपूर्ति मन्त्रालयले जनाएको छ । दशैं, तिहार र छठका लागि यसपटक साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले चिनीमा प्रतिकिलो ५ रुपैयाँ र नूनमा प्रतिकिलो २ रुपैयाँ छुट दिने संस्थानका सहायक महाप्रवन्धक कुमार राजभण्डारीले जानकारी दिनु भयो 
 


यसमा तपाईको मत

On Air

Wish Of Today09:10 AM - 10:00 AM

Up Next

Natonal News