समाचार

लोप हुदै ढिकि जातो

                       
भाद्र ६, भोजपुर
     जिल्लाका अधिकाशं ग्रामिण भेगमा ढिकि जातो लोपहुन थालेका छन् । बढ्दो आधुनिकरण प्राविधिको विकास र उपयोग सगै लोपहुन थालेका हुन् । पिसानि तथा कुटनिमा प्रयोग गरिने ढिकि जातो यतिबेला धरापमा परेको छ । परम्परागत मुल्य र मान्यता तथा छुट्टै ईतिहास बोकेको काठ (मुढा) बाट निर्माण गरिने ढिकि र ढुङगा बाट बनाईने जातो लोपहुन थालेको र यसको संरक्षण तिर नलागे लोपहुन धेरै समय नलाग्ने भोजपुर गोगनेका रविन धिमालले बताउनु भयो । 
  करिब ५÷७ वर्ष अगाडि सम्म प्रत्येक जसोको घरमा पाइने ढिकि जातो रंरक्षणको अभावमा लोपहुन थालेको हो । “ दिनभर मेलापात गरेर रातभर ढिकि जातो गरेर सामल तुमल बनाईन्थ्यो तर अहिले त त्यस्तो छैन सुविधा आएर सवै सुखि भएर गाउमा जातो ढिकि हराएर गयो जातो ढिकि गरेको सम्झना ताजै छ” भन्छिन् भोजपुर अन्नपुर्ण की ६६ वर्षिय मन्जु दर्नाल  दर्नालले भने जिल्लामा सडक विस्तार सगै डिजेल मिल र विजुलि लाईनबाट चल्ने मिलहरु गाउघरमा प्रशस्त भएको कारण पनि गाउघरका बुढा पाकाको सिप र परिश्रम बाट निर्मित ढिकि जातो हराएर जान थालेकाहुन् ।
   धान,मकै,कोदा,गहु गलायतका अन्नहर कुट्ने तथा चामल बनाउन ढिकि तथा मकै,कोदो,गहु चामल लगायतका अन्नपिस्न जातोको प्रयोग गरिने गरिन्छ । 
  
 


यसमा तपाईको मत

On Air

Local News07:00 PM - 07:20 PM

Up Next

Sajha Khabar