समाचार

निजामति कर्मचारी दिवसको अवसरमा उत्कृष्ट कर्मचारी सम्मान

भोजपुर,
   भोजपुरमा उत्कृष्ट कर्मचारीलाइृ सम्मान गरिएको छ । निजामति सेवा दिवस २०७४ को अवसरमा महिला विकास निरिक्षक  राधिका गौतम, जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगि राम तामाङ र जिल्ला खानेपनी कार्यालयका प्रमुख रामपुकार साफि लाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो ।
 दिवसको अवसरमा सेवा निवृत्त  छ जना कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ । निजामति कर्मचारीको प्रतिवद्धता पारदशिता रचुस्तता भन्ने नाराको साथ आयोजित कार्यक्रममा निजामति सेवा दिवस मुल समारोह समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चेतराज वरालले कदरपत्रले सम्मान गर्नु भएको थियो । 
कार्यक्ममा बोल्दै प्रमुख जिल्ला अधिकारी वरालले नागरिकले अपेक्ष गरेअनुसारको सेवा प्रवाह गर्न सके मात्र जनताले शुसासनको प्रत्याभुति गर्न सक्ने बताउदै निजामति कर्मचारीहरुलाई सेवा प्रवाहमा दृढताका साथ लाग्न आग्रह गर्नुभयो ।
नेपालमा निजामति सेवा गठन भएको ६१ वर्ष पूरा भएपनि पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।प्रत्येक वर्ष निजामति दिवसको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार दिदैँ आएको छ । अहिले नेपालमा  ८०  हजार भन्दा बढी  निजामती कर्मचारी कार्यरत छन्  ।
 


यसमा तपाईको मत

On Air

Wish Of Today09:10 AM - 10:00 AM

Up Next

Natonal News