समाचार
भोजपुरको टेम्केमैयुङ गाउपालिका केन्द्र अन्नपुर्णमा निशुल्क स्वास्थ्य शिविर शुरु, शिविरको पहिलो दिन आज ३ सय ८० जनाले स्वास्थ्य जाच गराए ।
भोजपुर
मंशिर ७
भोजपुरको टेम्केमैयुङ गाउपालिका केन्द्र अन्नपुर्णमा निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । कादुरी एशोशिएसन व्रिटिस गोर्खा नेपालको आयोजना तथा टेम्केमैयुँङ गाउँपालिकाको समन्व्यमा शिविर आज देखि शुरु भएको हो ।
ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्येश्यले स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरबाट टेम्केमैयुङ गाउँपालिका सहित अन्य छिमेकी पालिकाका नागरिक लाभान्वित हुने जनाएको छ । शिविरमा दाँत, कान, स्त्रीरोग तथा अन्य सेवा प्रदान गरिने कादुरीका कार्यक्रम संयोजक क्याप्टेन राजन राईले बताउनु भयो ।
शिविरमा सेवा दिन पुगेका स्वास्थ्यकर्मी तथा कादुरीका अधिकारीहरुलाई गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्वागत गर्नु भएको छ । शिविरको पहिलो दिन आज ३ सय ८० जनाले स्वास्थ्य जाच गराएको गाउँपालिका अध्यक्ष बस्नेतले जानकारी दिनु भयो । उहाले नजिकमा रहेका सवै नागरिकलाई शिविरमा आई मौकाको फाइदा लिन पनि आग्रह गर्नु भयो ।
चार दिन सम्म सञ्चालन हुने शिविरमा दुई हजारको संख्यामा स्वास्थ्य सेवा प्रवाह गरिने संयोेजक राईले जानकारी दिनु भएको छ ।