समाचार

भोजपुरमा अन्तर मावि स्तरीय खुल्ला कविता प्रतियोगिता तथा सिर्जना बाचन कार्यक्रम सम्पन्न

भोजपुर 
मंशिर ७
                भोजपुरमा अन्तर मावि स्तरीय खुल्ला कविता प्रतियोगिता तथा सिर्जना बाचन कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । 
प्रतिष्ठानका अध्यक्ष सुवास विभासको अध्यक्षता तथा त्रिभुवन विश्व विद्यालय र्कीतिपुर नेपाली केन्द्रिय विभागका नारायण गडतौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । प्रतियोगितामा सिद्धेश्वर मावि दावाका दिवाकर दाहाल पहिलो, पञ्चकन्या मावि बोखिमकी हिरा फुयाल दोसो तथा यशोधरा मावि टक्सारकी नुनिछा राई तेस्रो हुनु भएको छ ।  यस्तै प्रतियोगितामा युनिक एण्ड युनाटेड स्कुलका टार्जन पराजुली र सगरमाथा बोर्डिङ स्कुलका दिपान्सु गुरुङ सान्त्वना हुन सफल भएका छन् । 
प्रतियोगितामा क्रमश प्रथम, द्धितीय, तृतीय एवम् सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई नगद ५ हजार, ४ हजार, ३ हजार र १, १ हजार पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका सचिव घमचन्द्र दाहालले जानकारी दिनु भयो । प्रतियोगितामा ७ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
यस्तै कार्यक्रममा स्थानीय कवि डिक्पाल राई, सुजन कटवाल लगायतले आफनो र्सिजना बाचन गर्नु भएको थियो । कार्यक्रममा त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरका संस्थापक तथा बरिष्ठ गीतकार श्याम टमोटको समेत उपस्थिति रहेको थियो । 
प्रतिष्ठानको वि.स २०५१ सालमा भोजपुरमा स्थापना भएको हो ।
 


यसमा तपाईको मत

On Air

BBC08:45 PM - 09:15 PM

Up Next