समाचार

भोजपुरको कोदार रंगशालामा भएको वडाध्यक्ष कप २०८१ को उपाधि अन्नपुर्ण एफसीले जित्यो

 
भोजपुर
मंशिर ८
            भोजपुरको कोदार रंगशालामा भएको वडाध्यक्ष कप २०८१ सम्पन्न भएको छ ।  भोजपुर नगरपालिका वडा नं ७ को आयोजनामा मंशिर ४ गतेबाट शुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
आज भएको फाइलनमा के.एफसीलाई पेनाल्टी सुट आउटमा ८ ७ ले हराउदै अन्नपुर्ण एफसीले उपाधि जितेको छ । प्रतियोगीताको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले उद्घाटन गर्नु भएको थियो  । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो । 
प्रतियोगिताका विजेता अन्नपुर्ण एफसीले १ लाख रुपैया प्राप्त गरेका छन् भने तथा उपविजेतामा चित्त बुझाएका के.एफसीले ५० हजार रुपैया प्राप्त गरेका छन् । 
 


यसमा तपाईको मत

On Air

Up Next

Radio Opening